नेपाल चिकित्सक संघले आजदेखि गर्ने भनेको आन्दोलनका कार्यक्रम स्थगित



Download our app to get more features

काठमाडौं, २३ असोज । नेपाल चिकित्सक संघले आफ्नो आन्दोलनको कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ ।

अनसनरत डा गोविन्द केसीको जीवन रक्षाका लागि संघले आजदेखि विभिन्न विरोधका कार्यक्रमको घोषणा गरेको थियो । तर, सरकारले त्यहि दिनदेखि डा केसीसँग वार्ता सुरु गरेपछि संघले आफ्ना आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको हो ।

संघका महासचिव डा बद्री रिजालले सरकार र डा. के.सी.बीच वार्ता सुरु भएको हुनाले हालका लागि आन्दोलनका कार्यक्रम स्थगित गरिएको बताए ।
 
कोभिड–१९ को महामारीलाई ध्यानमा राख्दै संघले आजदेखि आकस्मिक र कोभिड–१९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बहिष्कार गर्ने निर्णय गरेको थियो । 

Last modified on 2020-10-09 11:52:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts