बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुईजनाको मृत्यु



Download our app to get more features

धरान, २३ असोज । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा दुहवी, सुनसरीका ५२ वर्षीय पुरुष र इटहरी ६ सुनसरीका ६८ वर्षीय पुरुष रहेका छन्।

दुहवीका ५२ वर्षीय व्यक्ति असोज १२ गते अस्पताल भर्ना भएका थिए । १२ गते कोरोना पोजेटिभ पुष्टि भएका उनको २३ गते राति २ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। उनमा पहिलेदेखि नै मिर्गौला रोगी थिए । 
यस्तै, इटहरीका पुरुष प्रतिष्ठानको कोभिड अस्पतालमा यही असोज २२ गते उपचारका लागि भर्ना भएका थिए। उनलाई सोही दिन कोरोना पोजेटिभ पुष्टि भएको थियो।

पहिलेदेखि नै अन्य दीर्घरोग समेत रहेका उनको २२ गते राति साढे १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

Last modified on 2020-10-09 10:31:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts