प्रधानमन्त्रीको सचिवालयका तीन जना कोरोना संक्रमणमुक्त



Download our app to get more features

काठमाडौं, २३ असोज । प्रधानमन्त्रीको सचिवालयका तीन जना कोरोना संक्रमणमुक्त भएका छन्। मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, र प्रेस सल्लाहकार सूर्य थापा संक्रमणमुक्त भएका हुन्।

प्रेस सल्लाहकार सूर्य थापाले ट्वीटमा तीनै जनाको पछिल्लो स्वाब  रिपोर्ट नेगेटिभ आएको उल्लेख गरेकाछन्। 

यही असोज १६ गते गरिएको परीक्षणका क्रममा प्रधानमन्त्रीको सचिवालयमा कार्यरत ५ जनामा कोरोना पोजेटिभ देखिएको थियो।
 संक्रमण देखिएका फोटो पत्रकार राजन काफ्ले र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी भने आइसोलेसनमै छन्। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts