निश्कर्षविहीन डा. केसी समूह र सरकारबीचको वार्ता आजपनि हुने

काठमाडौं, २३ असोज । अनसनरत डा गोविन्द केसी र सरकारबीच आजपनि वार्ता हुने भएको छ ।
२६ दिनदेखि अनसनरत डा केसीको माग सम्बोधनका लागि सरकारले बिहीवारबाट वार्ता टोली गठन गरेर वार्ता सुरु गरेको हो ।
बिहीवार बिहान करिब १० बजेदेखि सुरु भएको वार्ता राति १० बजेतिर सकिएपनि निष्कर्स भने निस्कन सकेको थिएन । वार्ता निष्कर्समा पुग्न नसकेपछि आज पुनः वार्ता हुने भएको हो ।
विभिन्न ६ बुँदे माग राखि डा केसीले १९ औं अनसन थालेका हुन् । स्वास्थ्य अवस्था बिग्रिदै गएपछि र चौतर्फी दवाव परेपछि सरकारले शिक्षा सचिव गोपिनाथ मैनालीको संयोजकत्वमा वार्ता टोली गठन गरेर वार्ता सुरु गरेको हो ।
सिंहदरवारस्थित शिक्षा मन्त्रालयमा भएको वार्तामा डा. केसीले उठाएका मागका विषयमा भएको छलफलबाट पहिलो मस्यौदा तयार भएको बताइएको छ ।
आज हुने वार्ताको समयभने तोकिएको छैन । डा केसीले राखेको मागमा दुई तिन वटा बुँदमा कुरा नमिलेको र ती कुन बुँदा हुन् भन्ने अहिले खुलाउन नसकिएको पनि बुझिएको छ ।