डा. केसी र सरकार पक्षको वार्ता निष्कर्षमा पुगेन, शुक्रबार बस्ने

काठमाडौं, २२ असोज । चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसी पक्ष र सरकारी पक्षबीचको वार्ता आजका लागि सकिएको छ। शुक्रबार पुनः बस्ने गरी आजका लागि वार्ता सकिएको हो ।
सिंहदरवारस्थित शिक्षा मन्त्रालयमा भएको वार्तामा डा. केसीले उठाएका मागका विषयमा छलफल भएको थियो। छलफलले डा. केसीका ६ बुँदे मागलाई बुँदागत रुपमा सम्बोधन गर्ने गरी पहिलो मस्यौदा तयार पारेको बताइएको छ। तर अन्तिम निष्कर्षमा भने पुग्न भने सकेको छैन् ।
दिउँसो केही बेर ब्रेक गरी वार्ता जारी राखिएको थियो। बिहीबार नै सहमतिमा पुग्ने प्रयास गरिएपनि दुवै पक्षले थप छलफल आवश्यक परेको भन्दै बिहीबारका लागि वार्ता सकिएको बताइएको छ।
डा केसी अनसन बसेको २५औं दिनमा सरकारले वार्ता सुरु गरेको हो।