डा. केसीको अवस्था गम्भीर, सिंहदरबारमा भएको छलफल स्थगित

चिकित्सा क्षेत्रको सुधारका विभिन्न माग राख्दै २५ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। डा. केसीलाई स्वास फेर्न थप गार्हो भएर अक्सिजनको मात्रा बढाईएको छ ।
उता, चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी पक्षधर र सरकारी वार्ता टोलीका सदस्यहरूबीच सिंहदरबारमा भएको छलफल स्थगित भएको छ। डा. केसीका तर्फबाट वार्ता टोलीमा सहभागी अधिवक्ता ओमप्रकाश अर्यालले ‘दुवै पक्षले आन्तरिक गृहकार्य गर्नुपर्ने भएकाले ब्रेक लिइएको’ बताएका छन्।
डा. केसी अनसन बसेको २४औं दिनमा सरकारले वार्ता सुरु गरेको हो।
Last modified on 2020-10-08 21:48:34