चिकित्सा शिक्षा आयोगद्वारा पिजी परीक्षा स्थगित



Download our app to get more features

काठमाडौं, २२ असोज । चिकित्सा शिक्षा आयोगले लिन लागेको पिजीको प्रवेश परीक्षा रोकिएको छ । सर्वोच्च अदालतले अन्तिरिम आदेश जारी गरेपछि अर्को सूचना नभए सम्मका लागि प्रवेश परीक्षा रोकिएको आयोगले जानकारी दिएको छ । 

आयोगले बिहीबार सूचना निकाली सर्वाच्चको अन्तरिम आदेशका कारण पवेश परीक्षा रोकिएको जानकारी दिएको हो । 

यस अघि आयोगले १९ गते निकालेको सूचनामा प्रवेश परीक्षामा कोरोना सङ्क्रमित विद्यार्थी पनि सहभागी हुन पाउने भनेको थियो । 
असोज २७, २८ र २९ गते लिइने स्नातकोत्तर तह को प्रवेश परीक्षा लिने तालिका सार्वजनिक गरेको थियो । 

Last modified on 2020-10-08 21:09:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts