काठमाडौं उपत्यकामा अहिले सम्मकै उच्च संंक्रमित

काठमाडौं, २२ असोज । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ५ सय ४० कोरोना संक्रमित थपिएका छन। यो हालसम्मकै उच्च संक्रमण हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ८५ , ललितपुरमा सय २० र भक्तपुरमा १ सय ३५ जनालाई कोरोना संक्रमण देखिएको छ।
उपत्यकामा कोराना संक्रमितको संख्या ३३ हजार ७ सय ७१ पुगेको छ।
काठमाडौंमा २९ हजार ३ सय ७८, ललितपुरमा ४ हजार ११ र भक्तपुरमा २ हजार ९ सय १९ संक्रमित पुगेका छन्।
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३ सय ६४ जना संक्रमित भएका छन्। संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको छ।
संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ६ सय ७५ छ। योसँगै हालसम्म ७१ हजार ३ सय ४३ पुगेको छ।
Last modified on 2020-10-08 19:51:46