डडेल्धुरा अस्पतालमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि



Download our app to get more features

डडेल्धुरा, २२ असोज । डडेल्धुराको डडेल्धुरा अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । 

अस्पतालको प्रशासन शाखामा कार्यरत कर्मचारीमा बिहिबार कोरोना संक्रमण देखिएको अस्पतालका मेसु जगदिश विष्टले पुष्टि गरे । 

उनलाई संक्रमण पुष्टि भएपछि अस्पतालको सेवा सुचारु नै रहने मेसु विष्टले जानकारी दिए । संक्रमित कर्मचारीको सम्पर्कमा आएकाहरुको ५ दिनपछि स्वाब संकलन गरेर परीक्षण गरिने अस्पतालले जनाएको छ । 

अहिले संक्रमित होम आइसोलेनमा बसिरहेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र लक्षण नदेखिएको स्वंय ती कर्मचारीले बताएका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts