नेपालमा थप १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु, संख्या ५ सय ९० पुग्यो



Download our app to get more features

काठमाडौं, २२ असोज । नेपालमा थप १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४ महिला र ८ पुरुष गरी १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुनसरीका ३९, धनुषाका ७०, काठमाडौंका ५८ र ९१, चितवनका ८१, ८१ र ९२ र कास्कीका ८३ वर्षीय पुरुष रहेका छन् । 

यस्तै काठमाडौंकी ७९ वर्षीया, ललितपुरकी ७३ वर्षीया, भक्तपुरकी ८२ वर्षीया र सुर्खेतकी ८२ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

हाल नेपालमा २ सय ३५ जना कोरोना संक्रमितको उपचार आईसीयूमा भइरहेको छ भने ४२ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।

Last modified on 2020-10-08 18:55:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts