नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नजिक, निको हुनेको संख्या ७१ हजार नाघ्यो



Download our app to get more features

काठमाडौं, २२ असोज । नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा १८ हजार ४ सय ७३ पिसिआर परीक्षण गरिएकोमा थप ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएको छ । 

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नयाँ संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको बताए । 

यस्तै पछिल्लो २४ घन्टामा थप २ हजार ६ सय ७५ जना कोरोना संक्रमणपछि निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ७१ हजार ३ सय ४३ जना संक्रमणमुक्त भएका छन् ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts