हाम्रो डाक्टरले सरकारलाई चुनौती दियोः मन्त्री राई
 
             काठमाण्डौं, ६ चैत्र । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जनताले स्वास्थ्यबारे जानकारी पाउने संविधानले दिएको अधिकारलाई हाम्रो डाक्टर डटकम अनलाइनले पूरा गर्ने बताएका छन् ।
काठमाण्डौं, ६ चैत्र । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जनताले स्वास्थ्यबारे जानकारी पाउने संविधानले दिएको अधिकारलाई हाम्रो डाक्टर डटकम अनलाइनले पूरा गर्ने बताएका छन् । 
शनिबार काठमाण्डौंमा अनलाइनको औपचारिक रुपमा उद्घाटन गर्दै मन्त्री राईले प्रविधिको विकाससँगै स्वास्थ्य सेवालाई आम नागरिकसमक्ष पुर्याउन अनलाइनले प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने बताए । 
उनले सरकारले मुलुकभरीका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा नर्सहरुको अध्यावधिक गर्न नसकेका बेला अनलाइन र एपमार्फत सहजै जनकारी दिने प्रयासले सरकारलाई पनि चुनौती दिएको बताए । 
‘सरकारले गर्न नसकेको कामलाई हाम्रो डाक्टर डटकमले चुनौती दिएको छ’ उनले भने, ‘सरकारले स्वास्थ्य सम्बन्धी जानकारी पाउने नागरीकको अधिकार प्रत्याभूति दिन नसकेका बेला अनलाइनले गरेको शुरुवात सराहनीय छ ।’
मन्त्री राइले सरकारले मुलुकभर इन्टरनेट र प्रविधिको विकास र सहज पँहुच बढाएर प्रविधिको प्रयोगबाट जनताले स्वास्थ्यसम्बन्धी आधारभूत अधिकारबाट वञ्चित हुने अवस्था नआउने बताए । 
उनले अनलाइन पत्रकारीतालाई व्यवस्थित र मर्यादित बनाउन सरकारले चाँडै नै निर्देशिका तयार पार्ने बताए । 
 मन्त्री राईले संविधान जारी भइसकेकाले जनताको न्यूनतम आधारभूत अधिकार पाउने अधिकारको प्रत्याभूति गर्न सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्ने प्रतिवद्धता जनाए । 
 
                
                
- 
                View Other Stories by Author >>
 
                                    
 
                         
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                