नागरिकको दृष्टिको सुरक्षाका लागि सरकार सचेत र क्रियाशील छ: मन्त्री ढकाल



Download our app to get more features

काठमाडौं, २२ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले नागरिकको दृष्टिको सुरक्षाका लागि सरकार सचेत र क्रियाशील रहेको बताएका छन् । 

विश्व दृष्टि दिवसका अवसरमा शुभकामना सन्देश दिँदै मन्त्री ढकालले सबै नेपालीमा दृष्टिदोषरहित जीवनको कामना गरे ।

उनले नेपालले अहिले कोभिड १९ को संक्रमणबाट आफू, आफ्नो परिवार र समुदायलाई जोगाउन अपनाउनुपर्ने विश्वव्यापी र नेपाल सरकारले जारी गरेका जनस्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गराउने कार्यमा सहयोग पु¥याउन सबैमा आह्वान पनि गरे ।

उनले स्वास्थ्य सेवा लिन नपाई मर्कामा रहेका सेवाग्राहीलाई सहज र गुणस्तरीय सेवा नियमित रूपमा प्रवाह गर्न स्वास्थ्य संस्थालाई थप सक्रिय हुन अनुरोध समेत गरे । 

Last modified on 2020-10-08 13:24:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts