धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु 



Download our app to get more features

काठमाडौं, २२ असोज । धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

सुनसरीका ३९ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार बिहान ४ः३० बजे मृत्यु भएको अस्पतालका सहप्रवक्ता डा. आशीष श्रेष्ठले जानकारी दिए। 

उनी असोज १३ गते अस्पतालमा भर्ना भएका थिए  । उनको असोज १२ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो। 

Last modified on 2020-10-08 11:43:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts