सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडा सदस्यको कोरोनाका कारण मृत्यु

रुपन्देही, २२ असोज । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडा सदस्य इन्जिनियर सुवोध तुलाचनको कोरोनाका कारण मृत्यु भएको छ ।
कोरोना पोजेटिभ भई भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
कोरोनाको कारण थला परी घरमै बेहोस भएको अवस्थामा रहेका तुलाचनलाई असोज १४ गते अस्पताल भर्ना गरिएको थियो । उनको बुधबार राती १० बजे निधन भएको थियो ।
उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनलाई प्लाज्मा थेरापिबाट पनि उपचार शुरु गरिएको अस्पतालका प्रशाशन प्रमुख तेज केसीले वताए । अस्पताल पुग्दा उनमा निमोनिया, रगतमा खराबी, कलेजो पुर्णतया खराब अबस्थामा पुगेको प्रमुख केसीले बताए ।
तुलाचनको शव अस्पतालको मर्चरीमा राखिएको छ । शव व्यस्थापनका लागि अस्पताल प्रशाशनले स्थानिय प्रशाशनलाई जानकारी गराईएको बताएको केसीले बताए ।