चितवन मेडिकल कलेजका अधिकांश कर्मचारीमा काेराेना संक्रमण, काेभिड आईसीयू पनि भरियाे



Download our app to get more features

 चितवन, २१ असाेज । भरतपुर १० स्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत अधिकांश कर्मचारीमा काेराेना संक्रमण देखिएकाे छ ।

अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले अस्पतालका धेरैजसाे कर्मचारीहरू काेराेना संक्रमित भई आइसाेलेसनमा रहेकाे जानकारी दिए । उनले अस्पतालले तयार पारेकाे ५९ बेडकाे काेभिड आईसीयू समेत भरिएकाे बताए ।

उनले भने ‘यस विषम अवस्थामा अब आउँने नयाँ विरामीहरूलाई पर्न जाने असुविधाका लागि हामी क्षमा प्रार्थी छौं।’ अस्पतालका अधिकांश स्वास्थ्यकर्मी काेराेना संक्रमित भई आइसाेलेसनमा रहेकाले अहिले अस्पतालकाे सेवा समेत प्रभावित भएकाे छ ।

अस्पतालले आइसाेलेसन वार्ड ८३, काेभिड वार्ड ६२ र काेभिड आईसीयू ५९ गरी काेराेना संक्रमितकाे उपचारकाे लागि दुई सय चार वटा बेड छुट्याएकाे छ । काेभिड आईसीयूकाे पाँचवटा बेडमा भेन्टिलेटरकाे समेत व्यवस्था गरिएकाे छ ।

चितवनमा केही दिनयता लगातारजसाे दिनहुँ झन्डै एकसय हाराहारी नयाँ संक्रमित थपिने गरेका छन् । संक्रमितकाे संख्या २५ सय पुग्नै लागेकाे बेला एकहजार भन्दाबढी सक्रिय संक्रमित रहेका छन् । जसमध्ये बुधवार दिउँसोसम्म जिल्लाका एक हजार चार सय ३ जना संक्रमणमुक्त भएका छन् । संक्रमित मध्ये अहिलेसम्म ३० जनाकाे मृत्यु भइसकेकाे छ ।

Last modified on 2020-10-08 18:48:10

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts