डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले तीन सदस्यीय वार्ता टोली बनायो



Download our app to get more features

काठमाडौं, २१ असोज । सरकारले डा. गोविन्द केसीसँग वार्ता गर्न तीन सदस्यीय समिति बनाएको छ। 

सरकारले शिक्षा मन्त्रालयका सचिव गोपी मैनालीको संयोजकत्वमा वार्ता टोली बनाएको हो। टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलिप शर्मा सदस्य छन्।

वार्ता टोलीका सदस्य डा. शर्माले डा. केसीसँग भोली गएर छलफल गर्ने तयारी भएको जानकारी दिएकाछन्।

डा. केसी ६ बुँदे माग राखेर २४ दिनदेखि आमरण अनसनमा छन्। उनको  स्वास्थ्य अवस्था गम्भीर बनेको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts