चितवनमा १४ सयभन्दा बढीले जिते काेराेना, सक्रिय संक्रमितकाे संख्या १ हजार नाघ्याे



Download our app to get more features

चितवन, २१ असाेज । चितवनमा अहिलेसम्म १४ सयभन्दा बढीले काेराेना भाइरस (काेभिड-१९) संक्रमणमुक्त भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेकाे तथ्याङ्क अनुसार बुधवार दिउँसोसम्म जिल्लाका एक हजार चार सय ३ जनाले काेराेना संक्रमण जितेर निकाे भएका छन् ।

त्यस्तै, सक्रिय संक्रमितको संख्या एक हजार ५० जना छन् ।

अहिलेसम्म संक्रमित हुनेमा भरतपुर महानगरपालिकामा सबैभन्दा बढी छन् भने इच्छाकामना गाउँपालिकामा सबैभन्दा कम छन् । भरतपुर महानगरपालिकाका मात्रै संक्रमितकाे संख्या १६ सयभन्दा बढी पुगेकाे छ । जसमध्ये ८ सय ३१ जना अहिलेसम्म काेराेनामुक्त भइसकेका छन् ।

जिल्लाका संक्रमित मध्ये अहिलेसम्म ३० जनाकाे मृत्यु भइसकेकाे छ । मृत्यु हुनेमा १७ जना भरतपुर महानगरपालिका भित्रका छन् । जिल्लाका इच्छाकामना गाउँपालिका र माडी नगरपालिकामा अहिलेसम्म संक्रमितकाे मृत्यु नभएकाे स्वास्थ्य कार्यालयले जनाएकाे छ ।

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts