भरतपुर अस्पतालमा उपचाररत ९२ वर्षीय काेराेना संक्रमित वृद्धको मृत्यु

चितवन, २१ असाेज । चितवनस्थित भरतपुर अस्पतालमा उपचाररत थप एकजना काेराेना संक्रमित पुरूषकाे मृत्यु भएकाे छ ।
भरतपुर महानगरपालिका १ का ९२ वर्षीय वृद्धकाे बुधवार दिउँसो २ः१३ बजे मृत्यु भएकाे अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।
उनमा साेमबार काेराेना संक्रमण पुष्टि भएकाे थियाे । ती वृद्वमा खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलवार साँझ अस्पतालकाे काेभिड आईसियूमा भर्ना गरिएकाे थियाे । उनकाे त्यही उपचारकाे क्रममा मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।
उनी लामो समयदेखि दम तथा उच्च रक्तचापको बिरामी समेत थियो।
Last modified on 2020-10-08 06:04:13
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।