५ महिला र १० पुरुष गरि थप १५ जनाको कोरोना संक्रमणका कारण मृत्यु

काठमाडौं, २१ असोज । नेपालमा थप १५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५ महिला र १० जना पुरुष गरि थप १५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
मृत्यु हुनेमा काठमाडौं उपत्यकाका ६ जना ६६ र ७२ वर्षीया महिला, ४५, ५३, ६४ र ६९ वर्षीय पुरुषहरु रहेका छन् ।
यस्तै मोरङका ४० र ६० वर्षीय पुरुष, सिराहाक्री ५० वर्षीया महिला, रौतहटकी ७२ वर्षीया महिला, ललितपुरका ४६, चितवनका ६१, रुपन्देहीका ५५, नवलपरासीका ७६ वर्षीय पुरुष र दाङकी ७१ वर्षीया महिलाको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ सय ७८ पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ६१ प्रतिशत हो ।