सुदूरपश्चिममा डाक्टरसहित ६८ स्वास्थ्यकर्मीका लागि दरखास्त आह्वान (विवरणसहित)



Download our app to get more features

धनगढी, २१ असोज । सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले ६८ जना स्वास्थ्यकर्मीका लागि दरखास्त आह्वान गरेको छ ।

सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, टिकापुर अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला लगायतका स्वास्थ्य संस्थाका लागि दरखास्त आह्वान गरिएको हो ।

१६ जना चिकित्सकसहित अन्य स्वास्थ्यकर्मीका लागि दरखास्त आह्वान  गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

सात दिनभित्र दरखास्त इमेलमार्फत् पेश गर्न आग्रह गरिएको छ भने भर्चुअल विधिबाट अन्तरवार्ता हुने बताईएको छ ।

Last modified on 2020-10-07 15:21:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts