डा. गोविन्द केसीको जीवनरक्षा गर्न मनोचिकित्सक संघद्वारा सरकारलाई आग्रह

काठमाडौं, २१ असोज । मनोचिकित्सक संघ नेपालले सरकारलाई डा. गोविन्द केसीको जीवनरक्षाका लागि आग्रह गरेको छ।
संघले प्रेस विज्ञप्ति जारी गर्दै डा. केसी अनसन बसेको २३औं दिनसम्म सरकारले डा. केसीले उठाएका मागप्रति बेवास्ता गर्दै वार्ता टोली गठन नगरेको प्रति ध्यानाकर्षण भएको जनाएको हो।
‘एक निष्ठावान सत्याग्रही चिकित्सकको देश र जनताप्रति हितका लागि गरिएको १९औं आमरण अनशनका जायज मागहश्र तथा सिघ्र सम्बोधन गरी डा गोविन्द केसीको जीवनरक्षाको लागि सरकारसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।
भदौ २९ गते जुम्लाबाट थालेको डा केसीको अनशन २३ औं दिनमा पुगेको छ। हाल त्रिवि शिक्षण अस्पतालमा अनशनरत उनको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको छ भने सरकारले माग पूरा गर्न हालसम्म कुनै चासो देखाएको छैन ।