सिद्वार्थनगरपालिका उप-प्रमुख उमा काफ्लेलाई कोरोना संक्रमण



Download our app to get more features

रुपन्देही, २१ असोज । रुपन्दहीको सिद्वार्थनगरपालिकाका उप-प्रमुख उमा काफ्लेलाई कोरोना संक्रमण भएको छ। 
 

नगरवासिको सेवामा समर्पित भैरहदाआफु पनि  कोरोना संक्रमित बनेको उनले बताईन् । 'लक्षणहरु देखा पर्न साथ स्वस्थ परिक्षण गराउदा कोरोना पोजेटिभ देखिएको र आफनै आवासमा आइसोलेसनमा बसेकी छु ।' उनले भनिन् ।

"आम जनसमुदाय, इस्टमित्र,आफन्त,शुभकामना, शुभआशिस र म प्रति रहेको माया र सद्भाव साथै मेरो अत्यन्त उच्च आत्मबल र शुद्व आहारबिहाराको कारण छिट्टैनै यस संक्रमण बाट मुक्त हुने छु" उनले भनिन् । अस्वास्थाताको कारण नगरबासिको सेवामा पर्न गएको र जाने असर प्रति  क्षमा मागेकीछन् । 

यसै सन्दर्भमा, 'म संग केही दिन यता निकट मा रहनु भएका मित्र हरुलाइ आफनो स्वास्थ प्रति सचेत रहदै कम्तीमा एक हप्ता होम क्वारेन्टाइनमा बसिदिन र ज्वरो रुघाखोकी जस्ता लक्षण देखा परेमा अबिलम्ब स्वास्थ परिक्षण गर्नु हुन हार्दिक अनुरोध गर्दछु, ।' उनले भनिन् । 

Last modified on 2020-10-07 10:58:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts