बुटवल र सुनवलका दुई कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

रुपन्देही, २१ असोज, । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत बुटवल र नवलपरासी पश्चिमका दुईजना संक्रमितको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका वडा नंं ९ की ५५ वर्षीया महिला र सुनवल नगरपालिका–५ का ७६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

असोज १६ गते कोरोना पोजिटिभ पुष्टि भई आईसीयूमा उपचाररत पुरुषको गएराति १२ः५० बजे र १७ गते अस्पताल भर्ना भएकी महिलाको बुधबार बिहान ५:30 बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

दुवै संक्रमितमा सुक्खा खोकी, उच्च ज्वरो र उच्च रक्तचापको समस्या रहेको थियो ।

Last modified on 2020-10-07 09:08:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts