चितवनमा उपचाररत थप एकजना काेराेना संक्रमित पुरूषकाे मृत्यु

चितवन, २१ असाेज । भरतपुर १० स्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) उपचाररत थप एकजना काेराेना संक्रमित पुरूषकाे मृत्यु भएकाे छ ।
भतपुर महानगरपालिका ३ बस्ने ७८ वर्षीय वृद्धको बुधवार बिहान साढे ५ बजे मृत्यु भएको अस्पतालले जनाएकाे छ ।
ती वृद्धलाई श्वासप्रश्वास समस्या भई यहि असोज १९ गते अस्पतालमा भर्ना भएक थिए । उनमा असाेज २० गते काेराेना संक्रमण पुष्टि भएकाे थियाे । संक्रमण पुष्टि भएकाे भाेलिपल्ट आज बिहान मृत्यु भएकाे हाे ।
यसअघि यस अस्पतालमा राप्ती नगरपालिका–९ का ८१ वर्षीय काेराेना संक्रमित वृद्धको मंगलबार साँझ ६ः३० मृत्यु भएको थियाे ।
Last modified on 2020-10-08 06:06:15
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।