चितवनमा थप २ जनासहित मंगलबार एकैदिन ३ जना काेराेना संक्रमितकाे मृत्यु



Download our app to get more features

चितवन, २१ असाेज । चितवनमा थप दुई जना काेराेना भाइरस (काेभिड–१९) संक्रमित पुरूषकाे मृत्यु भएको छ ।

भरतपुर १० स्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–१० का ६१ वर्षीय पुरुषको मंगलबार साँझ ६ः३० बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक प्रा. डा. दयाराम लम्सालले जानकारी दिए ।

उनका अनुसार ती पुरूष साेमबार अस्पतालमा भर्ना भएका थिए । उनमा भर्ना भएकाे भाेलिपल्ट मंगलबार काेराेना संक्रमण पुष्टि भएकाे थियाे । ती पुरूषलाई अस्पतालकाे काेभिड आइसीयूमा राखेर उपचार गरिएकाे थियाे ।

संक्रमण पुष्टि भएकै दिन ती पुरूषकाे मृत्यु भएकाे हाे । मृतक ती पुरूष मधुमेह र उच्च रक्तचापको बिरामी समेत थिए ।

यसैबिच भरतपुर १० स्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) उपचाररत थप एकजना संक्रमित पुरूषकाे मृत्यु भएकाे छ ।

श्वासप्रश्वासको समस्या देखिएका राप्ती नगरपालिका–९ का ८१ वर्षीय वृद्धको मंगलबार साँझ ६ः३० मृत्यु भएको अस्पतालले जनाएकाे छ ।

स्वास्थ्यमा समस्या देखिएपछि ती पुरूषलाई साँझ ६ बजे अस्पताल पुर्‍याइएकाे थियाे । अस्पताल पुगेकाे केहीबेरमै उनकाे मृत्यु भएकाे हाे ।

उनको मृत्यु पश्चात् साँझ ७ बजे बल्ल कोरोना पुष्टि भएकाे रिपोर्ट आएको थियाे । काेराेना संक्रमणकाे आशंकामा असोज १८ गते पीसीआरका लागि स्वाब दिएर ती वृद्ध घरमै बस्दै आएका थिए ।

यसअघि मंगलवार बिहान ३ः४५ बजे नवलपुरकाे कावासोती नगरपालिका ५ की ७७ वर्षीया काेराेना संक्रमित वृद्धाकाे चितवन मेडिकल कलेजमा उपचारकाे क्रममा मृत्यु भएकाे थियाे ।

यसरी मंगलबार दुई पुरूष र एक महिलासहित चितवनमा तीनजना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । जसमध्ये महिला भने जिल्ला बाहिरकी हुन् ।

Last modified on 2020-10-08 06:08:48

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts