कोरोना रिर्पोट अब १५ मिनेटमा, 'एन्टीजेन टेस्ट' शुरु गरिने



Download our app to get more features

काठमाडौं, २० असोज । सरकारले कोरोना परीक्षण एन्टीजेन किट मार्फत गर्ने भएको छ।

नेशनल गाइडलाइन परिर्वतन गर्दै कोरोना परीक्षण एन्टी जेन किट सुरू गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

सरकारले अहिले सम्म चार पटकसम्म कोरोना परीक्षण गाइडलाइन परिर्वतन गरेको छ। एन्टीजेन किटबाट स्वाव लिएको १५ मिनेट भित्रमा नतिजा आइसक्ने विज्ञहरूले बताएकाछन् । 
कोरोना संक्रमितको संख्या बढिरहेको अवस्थामा जनमासमा संक्रमण परिचाहन गर्नको लागि राम्रो विकल्प तथा छिटो र भरपर्दा हुनसक्ने डा. गौतमले बताए । 

एन्टीजेनबाट टेस्ट छिटो गर्न सकिने भएकाले संक्रमित परिचाहन गर्नको लागि भरपर्दो उपाय हुनसक्ने अनुमान गरिएको छ । 

यस्तै,सरकारले एन्टीजेन टेस्ट तीन ठाँउमा गरिने जनाएको छ। धेरै भीडभाड हुने ठाउँ तथा सुरक्षा कर्मीको ब्यारेकमा एन्टीजेन किटबाट परीक्षण गर्न सकिने डा. गौतमले बताए।

त्यसैगरी, अस्पतालका आएका बिरामीलाई तत्कालै अप्रेशन तथा उपचार गर्नको लागि एन्टीजेनको प्रयोग गर्न सकिने छ।

एकैपटक ठूलो जनघनत्व भएको ठाँउमा मास स्क्रिनिङ गर्नु परेमा, अस्पतालमा आकस्मिक शल्यक्रिया गर्नुपर्ने व्यक्तिमा र बृद्धाआश्रमका बृद्धबृद्धाहरुमा यो टेष्ट गर्ने योजना रहेको गौतमले बताए । 

Last modified on 2020-10-06 21:06:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts