डा. गोविन्द केसीलाई अनसन फिर्ता लिन नेकपाको आग्रह



Download our app to get more features

काठमाडौँ, २० असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले २३ दिनयता अनसनरत डा. गोविन्द केसीलाई अनसन फिर्ता गर्न आग्रह गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रवक्तासमेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

पहिले भएका सहमति कार्यान्वयन भइसकेको र नभएका विषयमा पछि छलफल गर्न सकिने भएकाले अनसन फिर्ता लिन नेकपाले आग्रह गरेको उनले भने । 

२३ दिनयता अनसनरत डा. केसीले भने आफ्ना माग पूरा नहुन्जेल कुनै पनि हालतमा अनसन नतोड्ने अडान राखेकाछन् ।  

सरकारले डा. केसीको अनसन र मागका सम्बन्धमा भने कुनै चासो व्यक्त गरेको छैन। 

Last modified on 2020-10-06 21:07:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts