काठमाडौं उपत्यकामा १०१७ जना कोरोना संक्रमित थपिए



Download our app to get more features

काठमाडौं, २० असोज । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

काठमाडौंमा ७ सय ८३ जना, भक्तपुरमा १ सय १६ र ललितपुरमा १ सय १८ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

उपत्यकामा कोराना संक्रमितको संख्या ३२ हजार ६५ पुगेको छ। 

आजको मात्रै संक्रमित संख्या हेर्दा पनि काठमाडौं उपत्यका कोरोना संक्रमणको उच्च जोखिममा रहेको देखिन्छ ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ५ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कुल संख्या ९० हजार ८ सय १४ पुगेको छ। 

 २४ घण्टामा २ हजार ३ सय ४०  जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ। देशभर २२ हजार ७ सय ९ जना सक्रिय संक्रमित छन्। 

Last modified on 2020-10-06 19:40:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts