'मह जोडी' को आचार्य दम्पत्तिमा कोरोना संक्रमण



Download our app to get more features

काठमाडौं, २० असोज । नेपाली कला क्षेत्रका दिग्गज अभिनेता हरिवंश आचार्य र उनकी पत्नीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार फेसबुकमार्फत आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिएका छन् ।

सामान्य लक्षण देखिएपछि सोमवार पिसिआर परीक्षण गराएकोमा आफू र श्रीमति रमिलालाई कोरोना संक्रमण पुष्टि भएको उनले बताएका छन् ।

मह जोडीको नामले चर्चित आचार्यले फेसबुकमार्फत् स्वास्थ्य अवस्था सामान्य रहेको पनि उल्लेख गरेका छन् ।

उनले फेसबुकमा आफूहरु कोरोना संक्रमित भएको उल्लेख गर्दै लेखेका छन्, ‘यहाँहरुको माया, आशिर्वाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्नेछौं । कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अवलम्बन गर्नुहुन अनुरोध छ ।’

Last modified on 2020-10-06 18:08:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts