पछिल्लो २४ घन्टामा थप ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु, ४० जना भेन्टिलेटरमा



Download our app to get more features

काठमाडौं, २० असोज । नेपालमा थप ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४ महिला र ५ पुरुष गरी थप ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

मृत्यु हुनेमा तेह्रथुमका ३१ वर्षीय, सुनसरीका ६४ वर्षीय, ललितपुरका ६१ र ७७ वर्षीय गरि दुई जना र नवलपरासी पूर्वका ७७ वर्षीय गरि ५ जना पुरुष रहेका छन् ।
 
यस्तै काठमाडौंकी ५९ र ६० वर्षीया गरि दुई जना, ललितपुरकी ६७ वर्षीया र चितवनकी ६० वर्षीया गरि ४ महिलाको पनि कोरोना संक्रमणका कराण मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ सय ६३ पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशलमव ६२ प्रतिशत हो ।

यस्तै हाल नेपालभर २ सय ४३ जना कोरोना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ भने ४० जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts