भारतका एक जनासहित चितवनमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि



Download our app to get more features

चितवन, २० असोज । भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा गरिएको परीक्षणमा भारतका एकसहित थप २७ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ ।

प्रयोगशालामा सोमबार गरिएको परीक्षणमा थप २७ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको प्याथोलोजिष्ट डा. सुरज उप्रेतीले जानकारी दिए ।

उनका अनुसार संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका ८ सहित चितवनका १३ जना छन् । अन्य संक्रमित हुनेमा एकजना भारतका पुरूषसहित ११ जिल्लाका गरी १४ जना छन् । संक्रमित हुनेमा १८ जना पुरूष र ९ जना महिला रहेका छन् । सोमबार प्रयोगशालामा राति १२ बजेसम्म गरिएको परीक्षणको नतिजा मंगलबार दिउँसो मात्रै सार्वजनिक गरिएको हो ।

यसअघि सोमबार भरतपुर १० स्थित रहेको चितवन मेडिकल कलेज (सीएमसी) को कोरोना प्रयोगशालामा ७६ र भरतपुर अस्पताल  कोभिड–१९  परीक्षण प्रयोगशालामा २० गरी थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्ये जिल्लाका ७५ जना छन् भने बाँकी विभिन्न बाहिरी जिल्लाका गरी २१ जना छन् । 

यसरी सोमबार मात्रै चितवनका तीनवटा प्रयोगशालामा बाहिरी जिल्लाका समेतगरी एकैदिन १ सय २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

Last modified on 2020-10-06 15:58:35

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts