बिराटनगरमा थप दुईजना संक्रमितको मृत्यु



Download our app to get more features

बिराटनगर, २० असोज । नोबेल शिक्षण अस्पताल बिराटनगरमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङ कानेपोखरी गाउँपालिका–६ र सुन्दरहरैचा नगरपालिका–४ का पुरुषको मृत्यु भएको हो ।

 कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुषको मंगलबार बिहान करिब ३ बजे मृत्यु भएको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले बाताएकाहुन् ।  

सोमबार दिउँसो उपचारका लागि नोबेल ल्याइएका उनलाई ज्वरोको पनि समस्या थियो । पाँच वर्षदेखि ब्लड क्यान्सरको उपचार गराइरहेका उनलाई कोरोना पुष्टि भएपछि आइसोलेसनको भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।मंगलबार

छ दिनअघि कोरोना पुष्टि भएका सुन्दरहरैचा नगरपालिका–४ का ४५ वर्षीय पुरुषको पनि बिहान मृत्यु भएको दाहालले बताए । मृतकमा मधुमेहको पुरानै समस्या थियो ।

Last modified on 2020-10-06 11:07:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts