विश्वका हरेक दश जना व्यक्तिमा एकजना कोरोना भाइरसको चपेटमाः डब्लुएचओ

बीबीसी, २० असोज । विश्व स्वास्थ्य संगठनले विश्वभर हरेक दश जना व्यक्तिमा एक जना कोरोना भाइरसका कारण संक्रमित भएको बताएको छ ।
संगठनका एक वरिष्ठ अधिकारीका अनुसार विश्वको ठूलो भाग खतरामा रहेका छ ।
हालसम्म कोरोना भाइरसका कारण विश्वभर ३ करोड ५ लाखभन्दा बढी मानिसहरु संक्रमित भइसकेका छन् । संगठनका अनुसार विश्वका झन्डै ८० करोडभन्दा बढी मानिसहरु संक्रमित हुन सक्छन् ।
गत साल डिसेम्बरमा देखिएको कोरोना भाइरसको महामारी १० महिनादेखि जारी छ, तर अहिलेसम्म यो नियन्त्रण हुन सकेको छैन भने कुनै खोप र औषधि पत्ता लाग्न सकेको छैन ।
संगठनका अनुसार महामारी नियन्त्रणका लागि केहि देशहरुमा लगाइएको प्रतिबन्धमा छुट दिएपछि संक्रमणको दरमा वृद्धि भएको छ । जहाँ संक्रमणको दोस्रो चरणको लहर सुरु भएको छ ।
डब्ल्यूएचओका हेल्थ इमरजेन्सी प्रोग्रामका कार्यकारी निर्देशक माइक र्यानले विश्वका १० प्रतिशत जनसंख्या कोरोनाको चपेटामा आइसकेको बताए ।
विश्व स्वास्थ्य संगठनका निर्देशक डाक्टर टेड्रोस एड्होनम घेब्रयेसुसले विश्वका अलग अलग मुलुकमा फरक फरक तरिकाले कोरोना भाइरसले असर पारेको भन्दै महामारीबाट लड्का लागि सबै एकजुट हुनु पर्ने बताए ।