कावासोतीकी कोरोना संक्रमित महिलाको उपचारको क्रममा चितवनमा मृत्यु



Download our app to get more features

चितवन, २० असोज । भरतपुर १० स्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत थप १ जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

नवलपुरको कावासोती नगरपालिका ५ की ७७ वर्षीया वृद्धाकाे  मंगलवार बिहान ३ः४५ बजे मृत्यु भएको अस्पतालका निर्देशक प्राडा. दयाराम लम्सालले जानकारी दिए । 

उनका अनुसार ती वृद्धा पिसाब, निमोनिया र श्वासप्रश्वासमा समस्या भई यहि असोज १६ गते अस्पतालमा भर्ना भएकी थिईन् । उनमा असोज १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उच्च रक्तचाप र मधुमेहकाे बिरामी ती महिलालाई कोभिड आइसीयूमा राखेर उपचार गरिएको थियो ।

चितवनमा मंगलवार बिहानसम्म संक्रमितको संख्या २३ सय नाघेको छ । त्यसमध्ये १ हजार ३ सय १८ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, अहिलेसम्म संक्रमित मध्ये २४ जनाको मृत्यु भएको छ ।

Last modified on 2020-10-08 06:10:34

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts