भरतपुरमा ४९ जनासहित चितवनमा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

चितवन, २० असोज । भरतपुरमा ४९ जनासहित चितवनमा थप ७६ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ ।
भरतपुर १० स्थित रहेको चितवन मेडिकल कलेज (सीएमसी) को प्रयोगशालामा सोमबार गरिएको परीक्षणमा ७६ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका ४९ जना र रत्ननगर नगरपालिकाका ५ जना रहेका छन् । त्यस्तै, खैरहनी र राप्ती नगरपालिकाका समान १/१ जना छन् । यो सहित चितवनमा संक्रमितको संख्या २३ सय नाघेको छ । बाँकी १९ जना बाहिरी जिल्लाका छन् ।
उनीहरूको चितवन मेडिकल कलेजको कोरोना परीक्षण प्रयोगशालामा स्वाब आरटी–पिसिआर प्रविधिबाट परीक्षण गरिएको हो ।
Last modified on 2020-10-06 08:44:46
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।