चितवनमा संक्रमितलाई अस्पताल ल्याउँदै गर्दा बाटाेमै मृत्यु, मृतककाे संख्या २४ पुग्याे



Download our app to get more features

 चितवन, १९ असाेज । चितवनमा थप एक जना काेराेना संक्रमित पुरूषकाे अस्पतालमा ल्याउँदै गर्दा बाटाेमै मृत्यु भएकाे छ ।

भरतपुर महानगरपालिका ३ का ७० वर्षीय वृद्वकाे साेमबार साँझ ७ः२५ बजे अस्पतालकाे काेभिड आईसियूमा आईपुग्दा मृत्यु अवस्थामा भेटिएकाे भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

मृतकको आफन्तको भनाइ अनुसार ती वृदमा ज्वोरो, खोकी र श्वासप्रश्वासमा समस्या भएको र लामो समय देखि मधुमेह तथा उच्च रक्तचापको समस्या रहेको थियो । उनमा ४ दिन अघि काेराेना संक्रमण पुष्टि भई आइसोलेसनमा बस्दै आएका थिए ।

स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेकाे तथ्याङ्क अनुसार साेमबार दिउँसोसम्म जिल्लाका २३ जना संक्रमितकाे मृत्यु भइसकेकाे छ । याेसँगै मृत्यु हुने संक्रमितकाे संख्या २४ पुगेकाे छ । चितवनमा साेमबार साँझसम्म संक्रमितकाे संख्या २३ सय नजिक छ । त्यसमध्ये १ हजार ३ सय १८ जना संक्रमणमुक्त भएका छन् ।

यसअघि हेटाैंडा उपमहानगरपालिकाका ७८ वर्षीय वृद्वको शुक्रवार बिहान ७ः३० बजे, नवलपुर जिल्लाकाे विनय त्रिवेणी गाउँपालिका–२ दुम्किबासका ३६ वर्षीय पुरुषकाे शनिवार अपरान्ह ४:५० बजे र चितवनकाे कालिका नगरपालिका ७ जुटपानीका ६२ वर्षीय पुरुषकाे आइतवार बिहान ६:३५ बजे भरतपुर अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे अस्पतालले जनाएकाे थियाे ।

उता भरतपुर १० स्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत सर्लाहीकाे लालबन्दी नगरपालिका ८ का ४२ वर्षीय पुरुषको आइतवार मृत्यु भएकाे थियाे ।

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts