देशभर १२३१६ जना कोरोना संक्रमित होम आइसोलेसनमा



Download our app to get more features

काठमाडौं, १९ असोज । देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढेको छ । 

सोमबार २३ हजार ५ सय ७ जना सक्रिय संक्रमितमध्ये १२ हजार ३ सय १६ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा ७ हजार ५ सय ३२ जना होम आइसोलेसनमा छन्। 

त्यस्तै प्रदेश १ मा  १ हजार ७ सय ५१, प्रदेश २ मा ४ सय ७६, प्रदेश ५ मा १ हजार २ सय ९६, सुदूरपश्चिम प्रदेशमा ४ सय २१, गण्डकी प्रदेशमा ५ सय ६५ र कर्णाली प्रदेशमा २ सय ७५ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 

Last modified on 2020-10-05 21:10:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts