नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ सय ५४ पुग्यो

काठमाडौं, १९ असोज । नेपालमा थप १९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५ महिला र १४ पुरुष गरि थप १९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
मृत्यु हुनेमा काठमाडौंकी ७६, ८१ र ८३ वर्षीया गरि तीन जना महिला, पर्साकी ६५ वर्षीया महिला र गोरखाकी ४५ वर्षीया महिला रहेकी छन् ।
यस्तै काठमाडौंका २६, ६५, ६७, ७८, ८१ र ९१ गरी ६ जना पुरुष, सुनसरीका ५५ वर्षीय पुरुष, सर्लाहीका ४२ र ६९ वर्षीय दुई जना पुरुष, ललितपुरका ३, ५५ र ७१ वर्षीय गरि ३ जना पुरुष, चितवनका ६२ वर्षीय पुरुष, र नवलपरासी पूर्वका ३६ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ सय ५४ पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ६२ प्रतिशत हो ।
यस्तै हाल नेपालभर २ सय ४४ जना कोरोना संक्रमितको उपचार आईसीयूमा भइरहेको छ भने ४३ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।