यस वर्षको नोवेल पुरस्कार फिजियोलोजी र मेडिसिन तर्फ तीन जनालाई दिइने



Download our app to get more features

काठमाडौं, १९ असोज । यस वर्षको नोवेल पुरस्कार स्वास्थ्य तर्फ संयुक्त रुपमा तीन जनालाई प्रदान गरिने भएको छ ।

कारोलिन्सका इन्स्टिच्यूमा भएको नोवेल साधारणसभाबाट सन् २०२० को नोवेल पुरस्कार फिजियोलोजी र मेडिसिन तर्फ तीन जनालाई संयुक्त रुपमा दिने निर्णय गरेको हो ।

विश्वका तीन वैज्ञानिकहरु हार्वे जे अल्टर, माइकल हफटन र चाल्र्स एम राइसलाई हेपाटाइटिस सी भाइरसको बारेमा तथ्यहरु पत्ता लगाएको भन्दै यस वर्षको नोवेल पुरस्कार दिन लागिएको हो ।

यी तीन वैज्ञानिकहरुले विश्वव्यापी स्वास्थ्य समस्याको रुपमा रहेको सिरोसिस र कलेजोको क्यान्सर निम्त्याउने रगतको मार्फत सर्ने हेपाटाइटिस सीको बारेमा पत्ता लगाएका हुन् ।

हार्वे जे अल्टर, माइकल हफटन र चाल्र्स एम राइसले गरेका खोजहरुले हेपाटाइटिस सी भाइरसको पहिचान भएको हो । यस अगाडी नै धेरै अनुसन्धान भइसकेको हेपाटाइटिस ए र बी भाइरसको खोज महत्वपूर्ण खोज भएपनि रगतमा रहेका हेपाटाइटिसका अधिकांश कणहरुको बारेमा बैज्ञानिकहरु अझै अनबिज्ञ थिए ।

हेपेटाइटिस सी भाइरसको खोजले पुरानो हेपेटाइटिसको कारण पत्ता लगाउनमा मद्दत भएको र रगत परीक्षण पश्चात नयाँ औषधिहरुको खोजले यसले लाखौंको ज्यान जोगाउने काम गरेको छ ।

Last modified on 2020-10-05 18:11:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts