नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६५ हजार नाघ्यो, संक्रमित हुनेको संख्या ८९ हजारभन्दा बढी



Download our app to get more features

काठमाडौं, १९ असोज । नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६५ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा थप ११ सय ३३ जना कोरोना संक्रमित निको भएको बताएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले एक हजार १ सय ३३ जना कोरोना संक्रमणमुक्त भएसँगै स्वस्थ हुनेको संख्या ६५ हजार २ सय २ पुगेको बताए ।

यस्तै पछिल्लो २४ घन्टामा गरिएको १३  हजार ७ सय ८१ पिसिआर परीक्षण गरिएकोमा थप २ हजार ४ सय ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रवक्ता गौतमले नेपालमा नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेको जानकारी गराए ।

हाल नेपालभर २३ हजार ५ सय ७ सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये ११ हजार १ सय ९१ जना संस्थागत आइसोलेसनमा छन् भने १२ हजार ३ सय १६ जना होम आइसोलेसनमा रहेका छन् । 

Last modified on 2020-10-05 16:30:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts