नर्भिक अस्पतालले काेभिडका नाममा थप अवैध शुल्क असुल्दै



Download our app to get more features

काठमाडौं, १९ असोज । नर्भिक अस्पतालले कोरोना महामारीको समयमा बिरामीसँग १० प्रतिशत बढी शुल्क लिन थालेको छ ।

अस्पतालका निर्देशक राजेन्द्रबहादुर सिंहले कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले कोरोना महामारीको समयसम्मका लागि १० प्रतिशत शुल्क वृद्धि गरिएको हाम्रो डाक्टर न्यूजलाई बताए ।

उनले भने, ‘अस्पतालका ६० जना कर्मचारीहरु क्वारेन्टाइनमा छन् । यो अवस्थामा बिरामीका लागि अतिरिक्त जनशक्ति थप्नु परेको छ । उनीहरुको सुरक्षाका लागि १० प्रतिशत शुल्क वृद्धि गरिएको हो । तर, महामारी अन्त्यभएपछि यो शुल्क हटाइनेछ ।’

आफूपनि पाँच दिनदेखि क्वारेन्टाइनमा रहेको भन्दै उनले अस्पताल आउने बिरामीको सेवामा खटिने कर्मचारीको सुरक्षाका लागि र आर्थिक समस्या पनि रहेकाले शुल्क वृद्धि गरिएको उल्लेख गरे ।

उनले थपे, ‘अस्पताल आउने बिरामीको सम्पर्कमा आएरै अस्पतालका कर्मचारीहरु क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था उत्पन्न भएकाले उनीहरुलाई चाहिने आवश्यक सुरक्षा सामग्रीको पूर्ति गर्न र कोरोनाको जोखिमबाट बिरामी र कर्मचारी दुबैलाई जोगाउनका लागि हस्पिटलले नसक्ने भएकाले बाध्य भएर शुल्क वृद्धि गर्नुपरेको हो ।’

स्वास्थ्य तथा जनंख्या मन्त्रालयले कोरोना समय भनेर कुनै पनि उपचारमा बढी शुल्क नलिन निर्देशक दिँदै आएको छ । तर, नर्भिक अस्पतालले विभिन्न बहानामा बिरामीसँग मनपरि शुल्क असुल्ने गरेको छ ।

Last modified on 2020-10-05 15:59:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts