डा.केसीको माग सम्बोधनका लागि सरकारलाई एनएमएको ७२ घन्टे अल्टिमेटम
माग सम्बोधन नभए कडा कदम चालिने

काठमाडौं, १९ असोज । नेपाल चिकित्सक संघले डा.गोविन्द केसीको माग सम्बोधनका लागि सरकारले ७२ घन्टाभित्र वार्ता टोली गठन नगरे आन्दोलनका कार्यक्रम सार्वजनि गर्ने चेतावनी दिएको छ ।
संघका आजीवन सदस्य प्राध्यापक डा. के.सी. को १९ औं अनसनको २२ औं दिनसम्म पनि सरकारले माग सम्बोधन र उनको जीवन रक्षाका लागि कुनै चासो नदिएको भन्दै सरकारलाई आइतवार ७२ घन्टे अल्मिेटम दिएको संघका महासचिव डा बद्रि रिाजलले हाम्रो डाक्टर न्यूजलाई बताए ।
उनले संघको तर्फबाट नेपाल सरकारको ध्यानाकर्षण गराइ सकिएको तर सरकारले वार्ता टोली पनि गठन नगरि बेवास्ता गरेकोप्रति संघको गम्भीर ध्यानाकर्षण भएको भन्दै ७२ घन्टामा २४ घन्टा बित्नै लाग्दापनि सरकारले चासो नदिएको बताए ।
डा. के.सी.को जीवन रक्षाका निम्ती हुन सक्ने विरोधका कार्यक्रमहरुलाई मध्यनजर गर्दै सरकारले यथाशिघ्र वार्ता टोली गठन गरी सौहार्दपूर्ण वातावरणमा वार्ता र सम्वादको माध्यमबाट उत्पन्न समस्याको समाधान गर्न सरकारलाई आग्रह गरिएको पनि डा रिजालले बताए ।
उनले भने, ‘७२ घण्टाभित्र पनि सरकारले वार्ता टोली गठन गरी डा. के.सी.को जीवन रक्षाका निम्ती कुनै पहल अगाडी नबढाए संघले जुनसुकै कठोर कदम चाल्ने र यसबाट उत्पन्न हुन सक्ने गम्भीर परिस्थितिप्रति सरकार आफै जिम्मेवार हुनेछ ।’
संघ वार्ताका निम्ती सहजीकरणको भूमिका निर्वाह गर्न तयार रहेको हुनाले डा केसीको मागको विषयमा गम्भीर भएर सोच्न पनि सरकारलाई अनुरोध गरे ।