त्रिभुवन विमानस्थल हेल्थ डेस्कका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण 



Download our app to get more features

काठमाडौं, १९ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कमा खटिएका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हेल्थ डेस्कका कोर्डिनेटर गोपालप्रसाद पाण्डेसहित आन्तरिकका एक र अन्तर्राष्ट्रिय हेल्थ डेस्कमा खटिएका ३ जना गरी ४ जनामा एक हप्ताको अवधिमा संक्रमण देखिएको हो।

हेल्थ डेस्कमा खटिएकालाई कोरोना संक्रमण देखिन थालेपछि अन्य स्वास्थ्यकर्मीले त्रास बढेको बताएका छन्। पर्याप्त सुरक्षा सामग्री बिना नै काममा खटिनुपर्दा संक्रमण भएको उनीहरुले बताएका छन्।

अहिले आन्तरिक र बाह्य उडान सूचारु भएपछि मानिसको आवागमन बढेको छ। जसले गर्दा जोखिम झनै बढेको उनीहरुले बताएकाछन् । 

उनीहरुले पटकपटक इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र स्वास्थ्य सेवा विभागमा सुरक्षा सामग्री माग गरिरहेको र उपलब्ध गराइने आश्वासन दिए पनि पर्याप्त सुरक्षा सामग्री नपाएको गुनासो गरेका छन्।

हेल्थ डेस्कका कोअर्डिनेटर गोपालप्रसाद पाण्डेले शनिबार पिसिआर जाँच गरेको र आइतबार पोजिटिभ रिपोर्ट आएपछि आइसोलेसनमा बसेको जानकारी दिए।

उनले आफूसहित अन्य ३ जना आइसोलेसनमा रहेकाले आइतबार दुई र आज दुई जना स्वास्थ्यकर्मी रिक्त स्थानमा खटिएको जानकारी दिए। 

सरकारले अन्तर्राष्ट्रिय यात्रुका लागि पिसिआर रिपोर्ट अनिवार्य गरे पनि आन्तरिक हवाई यात्रुका लागि भने पिसिआर अनिवार्य गरेको छैन।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts