धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

धरान, १९ असोज ।  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सुनसरीको धरान–१५ घर भएका ५५ वर्षीय पुरुषको आज बिहान पौने सात बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए ।
उनको असोज १६ गते प्रतिष्ठानमै गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

ती पुरुषमा पहिलेदेखि नै मिर्गौलाको र हाइपरटेन्सनको समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts