रुपन्देहीकी ६५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु

रुपन्देही, १९ असोज । रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बुटवल १३ बेलवासकी ६५ वर्षीया महिलाको उपचारको क्रममा आइतवार मृत्यु भएको बुटवलस्थि धागो कारखानामा रहेको कोभिड विषेश अस्पतालले बताएको छ ।
आइतवार कोरोना संक्रमण पुष्टि भएको उनलाई त्यहि दिनै अस्पताल भर्ना गरिएको थियो ।
उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।