चितवनमा उपचाररत सर्लाहीका ४२ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु

चितवन, १९ असोज । भरतपुर १० स्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत थप १ जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका ८ का ४२ वर्षीय एक संक्रमित पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक प्राडा. दयाराम लम्सालले जानकारी दिए ।
उनका अनुसार मृतक पुरूष असोज १५ गते कलेजोमा समस्या भई अस्पताल भर्ना भएका थिए । उनमा असोज १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ती पुरूषलाई कोभिड आईसीयूमा राखेर उपचार गरिएको थियो ।
उता भरतपुर अस्पतालमा चितवनको कालिका नगरपालिका ७ जुटपानीका ६२ वर्षीय पुरुषको आइतवार बिहान ६ः३५ बजे मृत्यु भएको थियो । एकजना जिल्ला बाहिरका गरी चितवनमा आइतवार दुईजना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।