डा. केसीको जीवन बचाउन आर्युवेद चिकित्सक संघको आग्रह



Download our app to get more features

काठमाडौं, १८ असोज । डा. गोविन्द केसीको जीवन रक्षाको गर्न नेपाल आर्युवेद चिकित्सक संघले आग्रह गरेको छ । 
 डा. केसीको जीवन रक्षाका लागि वार्ता टोली गठन गरी संवादको माध्यमबाट सत्याग्रह अन्त्यको गराउन संघले सरकारसँग अनुरोध गरेको हो । 
 
 डा. गोविन्द केसी को १९ औं आमरण अनशन २१ दिन पुग्दा समेत सरकारको तर्फबाट कुनै चासो नभएकाले संघले आपत्ति जनाएको छ । 

कोरोना महामारीको हालको परिस्थितिलाई ध्यानमा राखि यस संघले आन्दोलन घोषणा नगरी सरकार बाटै समस्या समाधान गर्न नि अनुरोध गरेको छ । 
 
संघले तत्काल वार्ता टोलि गठन गरि वार्ता कै माध्यम बाट समस्या समाधान गरि डा. केसीको जीवन रक्षा गर्न जोडदार माग गरेको छ  । माग पुरा नगरे यो   संघ समेत आन्दोलनमा उत्रिन वाध्य हुने  विज्ञप्तिमा जनाईएको छ ।  

डा. केसी विभिन्न ६ बुँदे माग राखेर २९ भदौदेखि आमरण अनसनमा छन्। अनसनको २१ दिनसम्म पनि सरकारले माग पूरा गर्ने तर्फ कुनै चासो दिएको छैन। अनसनका कारण डा. केसीको स्वास्थ्य भने जटिल बन्दै गएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts