आइतबार थपिएका संक्रमितमध्ये ७१ प्रतिशत काठमाडौं उपत्यकामा

काठमाडौं, १८ असोज । देशभरका संक्रमितको करिब ७१ प्रतिशत कोरोना संक्रमित काठमाडौं उपत्यकामा मात्र भेटिएका छन्। पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
यस्तै, आइतबार देशभर २ हजार २ सय ५३ संक्रमित थपिएकाछन् । काठमाडौमा कुल संक्रमितको ७० दशमलव ९७ प्रतिशत हो।
योसँगै उपत्यकामा कोरोनाबाट संक्रमित हुनेको संख्या २९ हजार ५ सय १७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार काठमाडौंमा १ हजार ३ सय ७३, भक्तपुरमा ३९ र ललितपुरमा १ सय ८७ संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।
काठमाडौंमा २४ हजार ४६, ललितपुरमा २ हजार ९ सय ८३ र भक्तपुरमा २ हजार ४ सय ८८ संक्रमित पुगेका छन्।
गएको २४ घण्टामा १ हजार ३ सय २९ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ६४ हजार ६९ पुगेको छ। देशभर २२ हजार २ सय १९ जना सक्रिय संक्रमित छन्।