डा. केसीको जीवन रक्षाकाे माग गर्दै चिकित्सक संघ चितवनद्वारा प्रधानमन्त्रीलाई पत्र



Download our app to get more features

चितवन, १८ असोज । नेपाल चिकित्सक संघ चितवन शाखाले अनसनरत प्राडा. गोविन्द केसीकाे जीवनरक्षाकाे माग गर्दै प्रधानमन्त्रीलाई पत्र पठाएकाे छ ।

चिकित्सक संघ चितवनका अध्यक्ष प्राडा. लोकबहादुर सेढाई, सहसचिव डा. महेन्द्र अग्रहरी लगाएतले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतवार साे ज्ञापनपत्र पठाएका हुन् ।

शिक्षण अस्पताल महाराजगन्जमा चिकित्सा शिक्षा सुधारको मागसहित सत्याग्रमा रहेका डा. केसीका मागहरू जायज रहेकाे भन्दै तत्काल सम्बोधन गरी जीवनरक्षाकाे लागि पहलकदमी चाल्न चिकित्सक संघ चितवनद्वारा पत्र मार्फत अनुरोध गरिएकाे छ ।

यसैबिच संघद्वारा आइतवार बिहान पनि भरतपुर अस्पताल परिसरमा डा. केसीका जायज मागहरूप्रति आफूहरूकाे ऐक्यवद्धता रहेकाे भन्दै शान्तिपूर्ण प्रदर्शन गरेका छन् । संघका पूर्वअध्यक्ष समेत रहेका प्राडा. कृष्ण पौडेलले प्राडा. केसीकाे मागहरू जायज रहेकाे भन्दै तत्काल माग पुरा गर्न सरकारसंग फेरि पनि आग्रह गरेका छन् । उनले चिकित्सा शिक्षा सुधारको मागसहित सत्याग्रमा रहेका प्राडा. केसीकाे मागहरू छिट्टै सम्बोधन गरी जीवन रक्षा गर्न समेत अनुराेध गरेका छन् ।

चिकित्सक संघ चितवनका अध्यक्ष प्राडा. सेढाईले प्राडा. केसीका माग तत्काल पुरा नगरे चरणवद्व रूपमा आन्दोलनका कार्यक्रमहरू जारी राखिने बताएका छन् । चितवनका चिकित्सकहरूले डा. केसीका मागहरू पुरा गर्न दबाब स्वरूप केही दिनयता चरणवद्व रूपमा शान्तिपूर्ण प्रदर्शन गर्दै आएका छन् ।

भदौ २९ गतेदेखि अनसन थालेका प्राडा. केसी आइतवार २१ औं दिनपनि अनसनरत छन् ।

Last modified on 2020-10-04 20:07:39

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts